Viber

आगामी साउन ३२ गतेदेखि चलचित्र ‘बुलाकी’ पुनः प्रदर्शन हुने

spot_img

नेपाल अनलाइन पत्रिका। विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन ३२ गतेदेखि पुनः प्रदर्शन हुने भएको छ। तात्कालिन समयमा चलचित्र भवनले शो बाँडफाँडमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले प्रदर्शन रोकेका थिए।

डिजिटल युगको आगमनसँगै नेपालमा चलचित्र प्रदर्शन सजिलो भएको छ। प्रिन्ट बोकेर चलचित्र भवन जानुपर्ने युगको अन्त्य भएसँगै नेपाल मात्र नभई विश्वभर चलचित्र प्रदर्शन गर्न सजिलो भएको छ। यही कारण पछिल्लो समय पुनःप्रदर्शन हुने चलचित्रहरूको सङ्ख्या बढिरहेको छ।

यसैवर्ष असार ७ गते ‘आचार्य’ पुनःप्रदर्शन गरियो। स्वर्गीय गायक भजन शिरोमणी भक्तराज आचार्यको जीवनमा आधारित यो चलचित्र व्यावसायिक रूपमा सफल हुन नसके पनि पुनःप्रदर्शनका लागि निर्माता अझैँ सक्रिय छन्।

“हाम्रो चलचित्रलाई प्रदर्शनमा कठिनाई भएको थियो। त्यसैले पुनःप्रदर्शन गर्ने तयारीमा थियौँ। वितरक र प्रदर्शकसँग सल्लाह गरेर यो समय उचित लागेपछि पुनःप्रदर्शनको तयारी थालेका छौँ,” निर्माता विष्टले भने। उनले चलचित्र पुनःसम्पादन गरेर प्रदर्शन गरिने बताए।

निर्माता विष्टले चलचित्रलाई नयाँ फिल्मझैँ दर्शकसम्म पु¥याउने तयारी भइरहेको बताए। चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, र सोनु सेढाइलगायतका कलाकारले अभिनय गरेका छन्।

वितरक करण श्रेष्ठले चलचित्र नयाँ होस् या पुरानो, दर्शकसम्म जानकारी पुर्याउनु पर्ने बताए। “दर्शकलाई आकर्षित गर्न निर्माण पक्षले मेहनत गर्नुपर्छ। प्रचारप्रसारसँगै नयाँ विधि अपनाएर चलचित्रको बारेमा जानकारी दिनु आवश्यक छ। अहिले ओटीटीजस्ता अन्य माध्यमको पनि विकास भइरहेको छ,” उनले भने।

कोरोना महामारीपछि ‘कठपुतली’, ‘चपली हाइट–३’, ‘विहे पास’लगायत चलचित्रहरू पुनःप्रदर्शन भइसकेका छन्।

सम्बन्धित समाचार

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार

प्रहरी रवि लामिछानेको खातामा देखिएको ५० करोड बढी कारोबारको स्रोतको अनुसन्धानमा

काठमाडौँ, १३ मङ्सिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको आदेश

कास्की, मंसिर ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १५ दिन थप हिरासतमा...

काठमाडौं महानगरको १ लाख जरिवानाको पत्र एमालेले अस्वीकार गर्‍यो

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाबाट आएको १ लाख रुपैयाँको जरिवानाको...

चार महिनामा १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन नेपाल भित्रिए

काठमाडौं: नेपालले चालु आर्थिक वर्षको चार महिनामा मात्र १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन आयात गरेको छ।...

अस्ट्रेलियाले पाकिस्तानविरुद्ध टी-२० सिरिजमा विजयी शुरुवात

काठमाडौं, कात्तिक २९ – अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा शानदार जितसँग शुरुआत गरेको छ। बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले...

सिके राउतले सांसद लाभ सापकोटाले पार्टी फुटाएर लोसपामा जान लागेको आरोप लगाए

काठमाडौं, कात्तिक २९ – सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आरोप लगाएको छ कि सांसद लाभ सापकोटाले पार्टी विभाजन...