नेपाल अनलाइन पत्रिका। गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत ‘हजुर आउनु’ सार्वजनिक भएको छ। यो प्रेमभावको गीतमा शिशिर भट्टराईको शब्द र मुरारी गुरागाईंको संगीत रहेको छ भने गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन्।
असीको दशकको सेटिङमा तयार पारिएको गीतको भिडियोमा गम्भीर विष्ट र जेबिका खत्री फिचर्ड छन्। भिडियोको कोरियोग्राफी र निर्देशन गम्भीर विष्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती र सम्पादन नवीन निरौलाको रहेको छ।
गीत ‘अञ्जु पन्त अफिसियल’ युट्युब च्यानलमा रिलिज गरिएको छ।

