Viber

नेपाली अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर’को छायांकन सकियो

spot_img

नेपाल अनलाइन पत्रिका। प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ। गत वैशाख महिनाको अन्त्यतिर पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै सुरु भएको सुटिङ ४५ दिनमा सकिएको हो।

पोखरामा १० दिन र काठमाडौंमा ३५ दिन खिचेपछि फिल्मको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिएका छन्। बाँकी गीतको छायांकन युरोपमा गर्ने योजना छ।

फिल्मको डेब्यु निर्देशक राजन भुसाल हुन्। मुख्य कलाकारहरूमा प्रदीप खड्का, दिव्या देव, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारी आदि छन्। दिव्या देवको यो पहिलो फिल्म हो भने राजबल्लभ कोइराला करिब दश वर्षपछि कमब्याक गर्दैछन्।

फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् भने सह-निर्माता एनिस भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की छन्। छायांकन नरेन्द्र मैनालीले गरेका छन्।

फिल्म यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुने योजना छ। फिल्मको जापान प्रदर्शन अधिकार म्याक्स इटरटेन्टमेन्टका खेम राज शाहले खरिद गरिसकेका छन्।

सम्बन्धित समाचार

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार

प्रहरी रवि लामिछानेको खातामा देखिएको ५० करोड बढी कारोबारको स्रोतको अनुसन्धानमा

काठमाडौँ, १३ मङ्सिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको आदेश

कास्की, मंसिर ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १५ दिन थप हिरासतमा...

काठमाडौं महानगरको १ लाख जरिवानाको पत्र एमालेले अस्वीकार गर्‍यो

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाबाट आएको १ लाख रुपैयाँको जरिवानाको...

चार महिनामा १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन नेपाल भित्रिए

काठमाडौं: नेपालले चालु आर्थिक वर्षको चार महिनामा मात्र १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन आयात गरेको छ।...

अस्ट्रेलियाले पाकिस्तानविरुद्ध टी-२० सिरिजमा विजयी शुरुवात

काठमाडौं, कात्तिक २९ – अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा शानदार जितसँग शुरुआत गरेको छ। बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले...

सिके राउतले सांसद लाभ सापकोटाले पार्टी फुटाएर लोसपामा जान लागेको आरोप लगाए

काठमाडौं, कात्तिक २९ – सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आरोप लगाएको छ कि सांसद लाभ सापकोटाले पार्टी विभाजन...