भारतीय उद्योगपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँग शनिबार विवाह गरेका छन्।
यो विवाह समारोह निकै भव्य थियो, जसमा अन्तर्राष्ट्रिय भीभीआईपी पाहुनाहरूको उपस्थिति रहेको थियो। करोडौँ रुपैयाँ खर्चिएको यो विवाह हाल चर्चामा छ।
विवाह समारोहमा उपस्थित भएका अतिथिहरूमा बलिउडका चर्चित स्टारहरू, व्यापारीक जगतका दिग्गजहरू र अन्य प्रतिष्ठित व्यक्तिहरू पनि सामेल थिए।
विवाहको आयोजनामा भव्य सजावट, विशेष खानपान र सांस्कृतिक कार्यक्रमहरू राखिएको थियो, जसले यो विवाहलाई थप स्मरणीय बनायो। अनन्त र राधिकाको विवाहले दुई परिवारबीचको सम्बन्धलाई मात्र बलियो बनाएको छैन, समाजमा पनि ठूलो चासो र चर्चा उत्पन्न गरेको छ।
अनन्त अम्बानीले आफ्नी प्रेमिका राधिका मर्चेन्टसँगको भव्य विवाह समारोहमा सुनले सजाइएको लेहेँगा लगाएकी थिइन् भने अनन्त अम्बानीको विवाहको पोसाकको मूल्य २१४ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।
यस विवाहमा अनन्त अम्बानीले आफ्नो २५ जनाको दुलहाको टोलीलाई १.६७ करोड भारतीय रुपैयाँ मूल्यका लग्जरी घडीहरू उपहार दिएका थिए।
दुलहाको टोलीमा शाहरुख खान, सलमान खान, रणवीर सिंह, वीर पहाडिया, मीजान जाफरी, शिखर पहाडियालगायत चर्चित व्यक्तित्वहरू सामेल थिए। अनन्त अम्बानीले सबैलाई विशेष गरी विवाहको दिनको सम्झनाको रूपमा एउटा लग्जरी घडी उपहार दिएका थिए, जसले यो विवाहलाई अझै विशिष्ट र स्मरणीय बनायो।

