नेपाली हास्य कलाकार सागर लम्साल ‘बले’ले झापाकी स्नेहा दंगालसँग विवाह गरेका छन्। स्नेहा पेशाले स्टाफ नर्स हुन् र यो मागी विवाह भएको हो।
उनीहरूको विवाह चावहिलको एक पार्टी प्यालेसमा सम्पन्न भएको हो। सागर लम्साल म्युजिक भिडियो र हास्य टेलिश्रृंखलामा व्यस्त कलाकारका रूपमा परिचित छन्।

