हरर फिल्म ‘मंज्या’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार, फिल्मले १३ दिनमा ६५ करोड ३० लाख भारू कमाएको छ।
फिल्मले ओपनिङमा ४ करोड भारू कमाएको थियो। दोस्रो दिन ७ करोड २५ लाख भारू, तेस्रो दिन ८ करोड, चौथो दिन ४ करोड १५ लाख, पाँचौं दिन २ करोड ७४ लाख, छैटौं दिनमा २ करोड ६८ लाख, सातौं दिन ३ करोड ९ लाख, आठौं दिन ३ करोड ५ लाख, नौं दिन ६ करोड ५ लाख, दशौं दिन ८ करोड ५ लाख, एघारौं दिन ५ करोड २५ लाख र बाहौं दिन ३ करोड ४ लाख भारू कमाएको हो।
आदित्य सरपोतदारले निर्देशन गरेको यस फिल्ममा शरवरी वाघ, अभय वर्मा, मोना सिंह, सत्यराज, अनय कामतलगायतका कलाकारहरूको अभिनय रहेको छ। यो फिल्म मुंज्या नामको ब्रह्म राक्षसमा आधारित छ, जो मुन्नीसँग विवाह गर्ने आफ्नो अधुरो सपना पुरा गर्ने प्रयास गर्छन्।

