बलिउड अभिनेत्री श्रद्धा कपूर र राहुल मोदी प्रेम सम्बन्धमा रहेको चर्चा छ।
हालै श्रद्धाले आफू राहुलसँग प्रेम सम्बन्धमा रहेको कुरा स्वीकार गरेकी छन्। उनले इन्स्टाग्राममा एक स्टोरी पोस्ट गर्दै लेखेकी छन्, “दिल राख्, निन्द्रा त फिर्ता देऊ यार!”
स्टोरीमा उनले राहुलसँगको तस्बिर पनि सेयर गरेकी छन्। श्रद्धा र राहुल जामनगरमा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङमा एकसाथ देखिएका थिए। उनीहरूको पहिलो भेट फिल्म ‘तु झुठी मैं मक्कार’ को सेटमा भएको थियो। उनीहरूको मित्रता बिस्तारै प्रेममा परिवर्तन भयो।
यस फिल्मका राहुल लेखक हुन्। मार्चमा श्रद्धालाई ‘आर’ लेखिएको ब्रेसलेट लगाएको देखिएको थियो। यसले उनीहरूको प्रेमको चर्चा जन्माएको हो।
श्रद्धा आगामी फिल्म ‘स्त्री २’ मा देखिँदैछिन्। यो एक हरर कमेडी फिल्म हो। ‘स्त्री २’ १५ अगस्टमा प्रदर्शन हुँदैछ।

