बलिउड अभिनेत्री सोनाक्षी सिन्हा जुन २३ मा प्रेमी तथा अभिनेता जहीर इकबालसँग विवाह गर्दैछिन्।
त्यसै दिन साँझ मुम्बईको दादरस्थित बास्टन रेस्टुरेन्टमा रिसेप्शन पार्टी हुनेछ।
भारतीय सञ्चारमाध्यमका अनुसार विवाहको पहिलो निमन्त्रणा सलमान खानलाई पठाइएको छ। जहीर र सलमान धेरै नजिकका साथी हुन्।
सोनाक्षी र जहीरले ७ वर्षदेखि प्रेममा छन्। दुवैको पहिलो भेट सलमानको पार्टीमा भएको थियो। केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा बसेका थिए।

