काठमाडौँ । मंगलबार नेप्से परिसूचक ५.६ अंकले बढेर २०७१ अंकमा पुगेको छ। नेप्सेमा वृद्धि भए तापनि कारोबार रकममा कमी आएको छ। अघिल्लो दिनको ५ अर्ब ०७ करोड रुपैयाँको कारोबारको तुलनामा आज ४ अर्ब १८ करोड रुपैयाँको कारोबार मात्र भयो।
यस दिन १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको र ८ कम्पनीको स्थिर रहेको छ। अघिल्लो दिनसम्म उच्च दरले वृद्धि देखाउँदै आएको वित्त समूहको सूचक आज २.१५ प्रतिशत (५४ अंक)ले घटेको छ। यसैगरी, बैंकिङ समूह ५ अंक, निर्जीवन बीमा समूह २३ अंक, अन्य समूह ०.२ अंक र व्यापार समूह ५ अंकले घटेका छन्।
विपरीत, लघुवित्त समूह १५ अंक, उत्पादन समूह २५ अंक, जीवन बीमा समूह ५५ अंक, जलविद्युत समूह ३० अंक, होटल तथा पर्यटन समूह ५८ अंक र विकास बैंक समूह १३ अंकले बढेका छन्।
मकर जितुमाया हाइड्रोपावरको मूल्य १० प्रतिशतले वृद्धि भएको छ। न्यादी हाइड्रोपावरको ८.६ प्रतिशत, अपर सोलुको ७.५ प्रतिशत, चिरकुवा हाइड्रोपावर, सिकल हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट कम्पनीको ६.६ प्रतिशत र भुगोल इनर्जीको ६.४ प्रतिशतले मूल्य बढेको छ।
साधना लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ भने गुडविल फाइनान्सको ३.७ प्रतिशत, जानकी फाइनान्सको ३.६ प्रतिशत र शिवश्री हाइड्रोको ३.५ प्रतिशतले मूल्य घटेको छ। कारोबार रकमको आधारमा आरएसडीसी, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, पोखरा फाइनान्स र हाथवे इन्भेष्टमेन्ट कम्पनी अग्रस्थानमा रहेका छन्।

