काठमाडौं, कात्तिक २९ – अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा शानदार जितसँग शुरुआत गरेको छ। बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले हरायो।
वर्षाले खेलमा प्रभावित पारेको कारण ७/७ ओभरको समायोजन गरिएको थियो। अस्ट्रेलियाले ७ ओभरमा ४ विकेट गुमाउँदै ९३ रन बनाएको थियो। त्यसपछि पाकिस्तानले ९४ रनको लक्ष्य पछ्याउने क्रममा ७ ओभरमा ९ विकेट गुमाउँदै ६४ रन मात्र बनाउन सक्यो।
यस जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। अब सिरिजको दोस्रो खेल शनिबार हुनेछ।

