नेपाल अनलाइन पत्रिका। नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजय भोग्नुपरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २३–२५ र तेस्रो सेट २२–२५ ले गुमायो।
आइतबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल ३–० को सेटमा पराजित भएको थियो। यी मैत्रीपूर्ण खेलहरू नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा आयोजित गरिएको हो।
यसले नेपाली टोलीलाई आफ्नो क्षमता सुधार्न र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न आवश्यक तयारीका लागि महत्वपूर्ण अनुभव प्रदान गरेको छ।

