भारतीय क्रिकेट टीममा योगदान गरेर चर्चा कमाएका ५२ वर्षीय पूर्व क्रिकेटर डेविड जूड जनसनको निधन भएको छ। अपार्टमेन्टको चौथो तलाबाट खसेर उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। केही समययता उनको मानसिक अवस्था ठीक नरहेको बताइएको छ।
उनको शव परीक्षणका लागि अस्पताल पठाइएको छ। पूर्व भारतीय कप्तान अनिल कुंबलेले उनको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
डेविड जूड जनसनले घरेलु क्रिकेटमा कर्नाटकको प्रतिनिधित्व गरेका थिए र सन् २०१५ मा कर्नाटक प्रिमियर लीगमा खेलेका थिए। उनका योगदानलाई सँधै सम्झना गरिनेछ।

