Viber

पहिरोमा पुरिएका पाँच जनामध्ये चार जनाको शव फेला परेको छ

spot_img

नेपाल अनलाइन पत्रिका। गोरखाको धार्चे गाउँपालिका-५, रेसेफाँटमा आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाएको थियो।

यस पहिरोमा जीतबहादुर गुरुङसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए।

घटनापछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासीले पहिरोमा पुरिएका व्यक्तिहरूको खोजी कार्य प्रारम्भ गरेका थिए।

खोजीकार्यको क्रममा चार जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको खोजी कार्य निरन्तर जारी राखिएको छ।

सम्बन्धित समाचार

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार

प्रहरी रवि लामिछानेको खातामा देखिएको ५० करोड बढी कारोबारको स्रोतको अनुसन्धानमा

काठमाडौँ, १३ मङ्सिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको आदेश

कास्की, मंसिर ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १५ दिन थप हिरासतमा...

काठमाडौं महानगरको १ लाख जरिवानाको पत्र एमालेले अस्वीकार गर्‍यो

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाबाट आएको १ लाख रुपैयाँको जरिवानाको...

चार महिनामा १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन नेपाल भित्रिए

काठमाडौं: नेपालले चालु आर्थिक वर्षको चार महिनामा मात्र १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन आयात गरेको छ।...

अस्ट्रेलियाले पाकिस्तानविरुद्ध टी-२० सिरिजमा विजयी शुरुवात

काठमाडौं, कात्तिक २९ – अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा शानदार जितसँग शुरुआत गरेको छ। बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले...

सिके राउतले सांसद लाभ सापकोटाले पार्टी फुटाएर लोसपामा जान लागेको आरोप लगाए

काठमाडौं, कात्तिक २९ – सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आरोप लगाएको छ कि सांसद लाभ सापकोटाले पार्टी विभाजन...