पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा कास्कीका २१ विद्यार्थीले उच्च ग्रेड प्राप्त गरेका छन्। गत वर्षको तुलनामा यो संख्या बढेको हो।
साधारणतर्फ, २१ जनाले ४ जीपीए ल्याए भने ३.६ देखि ४ जीपीएसम्म १ हजार ५ सय ७५ जना, ३.२ देखि ३.६ भन्दा कम ल्याउने २ हजार ५ सय ७७ जना छन्। २.८ देखि ३.२ सम्म ल्याउने २ हजार २ सय २६ जना, २.४ देखि २.८ सम्म ल्याउने ६ सय ५५ जना र २ देखि २.४ सम्म ल्याउने २३ जना छन्। एनजी (ननग्रेड) तथा अब्सेन्ट (अनुपस्थित) गरी २ हजार ९ सय ३ जना छन्।
प्राविधिकतर्फ, कुल २ सय १९ विद्यार्थीमध्ये ३.६ देखि ४ जीपीए भन्दा कम ल्याउने १० जना, ३.२ देखि ३.६ सम्म ल्याउने ६३ जना र २.८ देखि ३.२ सम्म ल्याउने ४८ जना छन्। यसमा एनजी तथा अब्सेन्ट देखाउने ९८ जना छन्। गत वर्ष कास्कीबाट ३ जनाले मात्रै ४ जीपीए ल्याएका थिए।
मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जीपीए ल्याए। यस्तै, डिज्नील्याण्डका ३ जना, गण्डकी बोर्डिङका २ जना छन्। एसओएस, बालोदय मावि, सैनिक आवासीय मावि, सिर्जना मावि, नेशनल इन्भेन्टिभ र शान्ति निकेतनबाट १÷१ जना विद्यार्थीको ४ जीपीए आएको सम्बन्धित विद्यालयले जनाएका छन्।
चैत १७ देखि २७ सम्म भएको परीक्षामा कास्कीबाट १० हजार १ सय ७४ जना परीक्षार्थीले एसईई परीक्षा दिएका थिए, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले जानकारी दिए। ग्रामिण क्षेत्रका धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्, जसका कारण पालिकाप्रति नागरिकहरुले शिक्षा क्षेत्र विगारेको आरोप सहित प्रतिक्रिया दिइरहेका छन्।

