Viber

सांसद मोदीले नेपाली कांग्रेस र नेकपा एमालेलाई भ्रष्टाचारको फाइल बन्द गर्न मिलेको आरोप लगाए

spot_img

नेपाल अनलाइन पत्रिका। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कांग्रेस र एमालेले भ्रष्टाचारको फाइल बन्द गर्न मिलेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद मोदीले संविधान संशोधन गर्ने भनेर जनतामा भ्रम छरेर भ्रष्टाचारबाट मुक्ति पाउने कामलाई लागिपरेको जिकिर गरे।

सांसद मोदीले गिरीबन्धुदेखि भुटानी शरणार्थीसम्मका भ्रष्टाचारका मुद्दाहरू उल्लेख गर्दै भने, “त्यसको विषयमा पहिलाको सरकारले जस्तै काम निरन्तरता दिन्छ कि दिँदैन, यसलाई अगाडि बढाउँछ कि बढाउँदैन भन्ने महत्वपूर्ण कुरा हो।” उनले कांग्रेस र एमाले आफूसँग सम्बन्धित भ्रष्टाचारसँग जोडिएका फाइलहरू बन्द गर्न मिलेको आरोप लगाए।

उनले त्यसविरुद्ध बुलन्द आवाज लिएर जनतामा जाने प्रतिवद्धता व्यक्त गरे। सांसद मोदीले भ्रष्टाचारको विरुद्धमा कठोर कदम चाल्नुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै संसदमा आफ्नो धारणा प्रस्तुत गरे। उनका अनुसार भ्रष्टाचारको अन्त्यले मात्रै देशको समृद्धि र विकास सम्भव छ।

सम्बन्धित समाचार

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार

प्रहरी रवि लामिछानेको खातामा देखिएको ५० करोड बढी कारोबारको स्रोतको अनुसन्धानमा

काठमाडौँ, १३ मङ्सिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको आदेश

कास्की, मंसिर ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १५ दिन थप हिरासतमा...

काठमाडौं महानगरको १ लाख जरिवानाको पत्र एमालेले अस्वीकार गर्‍यो

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाबाट आएको १ लाख रुपैयाँको जरिवानाको...

चार महिनामा १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन नेपाल भित्रिए

काठमाडौं: नेपालले चालु आर्थिक वर्षको चार महिनामा मात्र १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन आयात गरेको छ।...

अस्ट्रेलियाले पाकिस्तानविरुद्ध टी-२० सिरिजमा विजयी शुरुवात

काठमाडौं, कात्तिक २९ – अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा शानदार जितसँग शुरुआत गरेको छ। बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले...

सिके राउतले सांसद लाभ सापकोटाले पार्टी फुटाएर लोसपामा जान लागेको आरोप लगाए

काठमाडौं, कात्तिक २९ – सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आरोप लगाएको छ कि सांसद लाभ सापकोटाले पार्टी विभाजन...