नेपाल अनलाइन पत्रिका। नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिलाउन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले शनिबार सबै सांसदलाई एसएमएस पठाएर आइतबार (साउन ६ गते) हुने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई समर्थन गर्न निर्देशन दिएका हुन्।
उनले जारी गरेको ह्वीपमा, “साउन ६ गतेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने प्रस्ताव पेस गर्नुहुनेछ, त्यसैले सबै सांसद अनिवार्य रूपमा उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ,” भनिएको छ।
संविधानको धारा ७६ (४) अनुसार प्रधानमन्त्री ओलीले यो विश्वासको मत लिन लागेका हुन्। यो धारा अनुसार, दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

