Viber

केपि ओली “अब भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन लाग्छु।”

प्रधानमन्त्री ओलीले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयत्न पनि सरकारको प्राथमिकता हुने उल्लेख गरे।

spot_img

नेपाल अनलाइन पत्रिका, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले सुशासन सुनिश्चित गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने योजना बनाएको बताएका छन्। ओलीलाई बधाई तथा शुभकामना दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै पक्षको साथ लिएर मुलुकको सुशासन र विकासलाई प्रमुख प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे। उनले सरकार जनताको सेवा र हितमा समर्पित रहने बताए।

प्रधानमन्त्री ओलीले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयत्न पनि सरकारको प्राथमिकता हुने उल्लेख गरे। उनले भने, “दुवै छिमेकी देशहरूसँगको सुमधुर सम्बन्ध हाम्रो आर्थिक विकास र समृद्धिका लागि अपरिहार्य छ। हामी यसलाई अझ बलियो बनाउँदै लैजाने छौं।”

कार्यक्रममा जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको शुभकामना दिदै, जनताको अपेक्षाअनुसार सरकार सञ्चालन गर्न आग्रह गरे। उनले भने, “जनताको भरोसा कायम राख्न र मुलुकलाई सही दिशामा लैजान प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण छ।”

यस अवसरमा उपस्थित अन्य नेताहरूले पनि सरकारको उद्देश्य र योजनाबारे आफ्ना धारणा राख्दै सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।

प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने योजनालाई अघि सारे। उनले भने, “गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता हो। हामी यस क्षेत्रमा सुधार ल्याउन दृढ छौं।”

प्रधानमन्त्री ओलीले सबैको साथ र सहयोगले मुलुकलाई विकासको नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे।

सम्बन्धित समाचार

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार

प्रहरी रवि लामिछानेको खातामा देखिएको ५० करोड बढी कारोबारको स्रोतको अनुसन्धानमा

काठमाडौँ, १३ मङ्सिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको आदेश

कास्की, मंसिर ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १५ दिन थप हिरासतमा...

काठमाडौं महानगरको १ लाख जरिवानाको पत्र एमालेले अस्वीकार गर्‍यो

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाबाट आएको १ लाख रुपैयाँको जरिवानाको...

चार महिनामा १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन नेपाल भित्रिए

काठमाडौं: नेपालले चालु आर्थिक वर्षको चार महिनामा मात्र १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन आयात गरेको छ।...

अस्ट्रेलियाले पाकिस्तानविरुद्ध टी-२० सिरिजमा विजयी शुरुवात

काठमाडौं, कात्तिक २९ – अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा शानदार जितसँग शुरुआत गरेको छ। बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले...

सिके राउतले सांसद लाभ सापकोटाले पार्टी फुटाएर लोसपामा जान लागेको आरोप लगाए

काठमाडौं, कात्तिक २९ – सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आरोप लगाएको छ कि सांसद लाभ सापकोटाले पार्टी विभाजन...