कर्मचारीको आन्दोलनले संसद बैठकको प्रत्यक्ष प्रसारणमा प्रभाव पारेको छ। प्रतिनिधिसभाका बैठकमा आगामी आर्थिक वर्षको बजेटमा मन्त्रिहरूले छलफलपछि जवाफ दिने क्रममा केहि मन्त्रीहरूको दृश्य प्रसारणमा देखिएको छ।
स्वास्थ्यमन्त्री प्रदीप यादवले जवाफ दिएपछि सांसदहरूलाई स्पष्टीकरण सोध्न समय दिइएको छ, तर प्रश्न सोध्ने सांसदहरूको दृश्य प्रत्यक्ष प्रसारणमा देखाइएको छैन।
यस्तै, संसद सचिवालयका कर्मचारीहरूको आन्दोलनको कारण पछिल्लो अवस्था आएको हो र आन्दोलनले प्रत्यक्ष प्रसारणमा प्रभाव गरेको छ।

