Viber

निर्मला पन्त हत्या प्रकरणमा नयाँ खुलासा: पूर्व सरकारी चालक नवराज अर्यालको दाबी

निर्मला पन्त हत्या प्रकरण २०७५ साल साउन १० गते कञ्चनपुरमा भएको थियो। १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको यो घटना अझैसम्म रहस्यमय छ।

spot_img

काठमाडौं, कात्तिक २९ – पूर्व सरकारी चालक नवराज अर्यालले निर्मला पन्त हत्या प्रकरणबारे नयाँ दाबी गरेका छन्। उनका अनुसार, उनले १६ जना मन्त्रीहरूको गाडी चलाएका छन् र कञ्चनपुरको बेलौरीमा उक्त घटनाको प्रत्यक्षदर्शी रहेका छन्।

अर्यालले एक अन्तर्वार्तामा भनेका छन्, “म निर्मला पन्तलाई कसले बलात्कार गर्‍यो भन्ने बताउन सक्छु। तर, सरकारले मेरो ज्यानको सुरक्षा लिनुपर्छ। त्यसपछि म तीन जनाको नाम सार्वजनिक गर्न तयार छु।”

उनले थपे, “त्यो घटना हुँदा म कञ्चनपुरमा थिएँ। मेरो हाजिरी कापी हेर्न सकिन्छ। म मन्त्रीज्यूको झन्डावाल गाडी चलाएर त्यहाँ पुगेको थिएँ।”

अर्यालले नाम नबताउँदा पनि आफूलाई आक्रमण गरिएको उल्लेख गर्दै भने, “यदि मैले ती तीन जनाको नाम बताए भने के होला? सरकारले मेरो ज्यानको सुरक्षा लिनुपर्छ। त्यसपछि म ती तीन जनाको नाम बताउन तयार छु।”

निर्मला पन्त हत्या प्रकरण २०७५ साल साउन १० गते कञ्चनपुरमा भएको थियो। १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको यो घटना अझैसम्म रहस्यमय छ। सरकारले विभिन्न छानबिन समिति गठन गरे पनि दोषी पत्ता लगाउन सकेको छैन।

अर्यालको यो दाबीले पुनः घटनालाई चर्चामा ल्याएको छ। सरकारले अर्यालको सुरक्षा सुनिश्चित गर्दै उनले उल्लेख गरेका व्यक्तिहरूबारे अनुसन्धान अघि बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार

प्रहरी रवि लामिछानेको खातामा देखिएको ५० करोड बढी कारोबारको स्रोतको अनुसन्धानमा

काठमाडौँ, १३ मङ्सिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको आदेश

कास्की, मंसिर ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १५ दिन थप हिरासतमा...

काठमाडौं महानगरको १ लाख जरिवानाको पत्र एमालेले अस्वीकार गर्‍यो

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाबाट आएको १ लाख रुपैयाँको जरिवानाको...

चार महिनामा १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन नेपाल भित्रिए

काठमाडौं: नेपालले चालु आर्थिक वर्षको चार महिनामा मात्र १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन आयात गरेको छ।...

अस्ट्रेलियाले पाकिस्तानविरुद्ध टी-२० सिरिजमा विजयी शुरुवात

काठमाडौं, कात्तिक २९ – अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा शानदार जितसँग शुरुआत गरेको छ। बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले...

सिके राउतले सांसद लाभ सापकोटाले पार्टी फुटाएर लोसपामा जान लागेको आरोप लगाए

काठमाडौं, कात्तिक २९ – सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आरोप लगाएको छ कि सांसद लाभ सापकोटाले पार्टी विभाजन...