Viber

भारतमा निर्वासनमा रहेकी शेख हसिनाको गुनासो: ‘स्वतन्त्रताका लागि लडेका मेरा बुवाको अपमान भयो’

spot_img

नेपाल अनलाइन पत्रिका। भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्ना बुवा, बङ्गबन्धु शेख मुजिबुर रहमान, जसको नेतृत्वमा बङ्गलादेशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान भएको भन्दै गुनासो गरेकी छन्।

बङ्गलादेशमा चर्किएको विद्यार्थी आन्दोलन नियन्त्रण गर्न नसकेर सेनाको सहयोगमा देश छोडेर अगस्ट ५ मा भारत पुगेकी शेख हसिनाले भनेकी छन्, “उनीहरू (प्रदर्शनकारी)ले मेरो बुवाको अपमान गरेका छन्। म देशवासीसँग न्यायका लागि अपील गर्छु।” शेख हसिनाको यो बयान उनका छोरा सजीव वाजिद जोयलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यममा आएको हो। उनले आफ्नी आमाको यो भनाइ सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। शेख हसिनाले बङ्गलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिबुर रहमानको पुण्यतिथि मनाउन आग्रह गरेकी छन्। स्मरणीय छ, मुजिबुर रहमानको १९७५ को अगस्ट १५ मा गोली हानी हत्या गरिएको थियो।

यसैबीच, बङ्गलादेशको अन्तरिम सरकारले अगस्ट १५ को सार्वजनिक बिदा पनि रद्द गरिदिएको छ। शेख हसिनाले विद्यार्थी आन्दोलनका क्रममा मारिएका ५ सयभन्दा बढी मानिसलाई श्रद्धाञ्जली दिँदै भनेकी छन्, “जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन्। म उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु र समवेदना प्रकट गर्दछु।

उनीहरूसँग म छु, म जस्तै जो आफ्नो प्रियजन गुमाएको पीडासँग जिउँदै मरेका छन्।” आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ताहरू मारिएका छन्। शेख हसिनाले यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजायको माग गर्दै भनेकी छन्, “म यी हत्यामा संलग्न दोषीहरूलाई कडा सजाय दिन माग गर्दछु।”

सम्बन्धित समाचार

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार

प्रहरी रवि लामिछानेको खातामा देखिएको ५० करोड बढी कारोबारको स्रोतको अनुसन्धानमा

काठमाडौँ, १३ मङ्सिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको आदेश

कास्की, मंसिर ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १५ दिन थप हिरासतमा...

काठमाडौं महानगरको १ लाख जरिवानाको पत्र एमालेले अस्वीकार गर्‍यो

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाबाट आएको १ लाख रुपैयाँको जरिवानाको...

चार महिनामा १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन नेपाल भित्रिए

काठमाडौं: नेपालले चालु आर्थिक वर्षको चार महिनामा मात्र १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन आयात गरेको छ।...

अस्ट्रेलियाले पाकिस्तानविरुद्ध टी-२० सिरिजमा विजयी शुरुवात

काठमाडौं, कात्तिक २९ – अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा शानदार जितसँग शुरुआत गरेको छ। बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले...

सिके राउतले सांसद लाभ सापकोटाले पार्टी फुटाएर लोसपामा जान लागेको आरोप लगाए

काठमाडौं, कात्तिक २९ – सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आरोप लगाएको छ कि सांसद लाभ सापकोटाले पार्टी विभाजन...