काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको बेला गोली प्रहार भएको छ।
पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले उनलाई स्टेजबाट बाहिर निकालेका थिए। ट्रम्पलाई बाहिर निकाल्दा उनको कानबाट रगत बगिरहेको देखिएको थियो। सुरक्षा निकायले जारी गरेको विज्ञप्ति अनुसार ट्रम्प सुरक्षित छन्।
यस घटनाको चौतर्फी निन्दा भइरहेको छ। राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले घटनाको निन्दा गरेका छन्।
गोली प्रहार गर्ने व्यक्तिलाई घटनास्थलमै सुरक्षाकर्मीले गोली हानी मारेका छन्।
ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफ्नो कानको उपल्लो भागमा गोली लागेको र आफू सुरक्षित रहेको बताउँदै अमेरिकी सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्।

