नेपाल अनलाइन पत्रिका। टाउको चिलाउँदा धेरैजसो चायाँ वा फोहोरको समस्या सोचिन्छ, तर जुम्रा पनि एक कारण हुन सक्छ।
विशेषगरी, वर्षाको मौसममा बच्चाहरूको कपालमा जुम्राको समस्या बढ्न सक्छ। यस समस्याबाट जोगिन घरमै केही उपाय अपनाउन सकिन्छ।
दुई वटा प्याजलाई पिसेर रस निकाल्नुहोस्। त्यसमा थोरै बेसार मिसाएर टाउकोमा लगाउनुहोस्। २० मिनेटपछि स्याम्पु प्रयोग गरी कपाल धुनुहोस्।
कपालबाट जुम्रा हटाउन विभिन्न तरिकाहरू अपनाउन सकिन्छ। यहाँ केही प्रभावकारी घरेलु उपाय र विधिहरू उल्लेख गरिएका छन्:
1. कागती:
सबैभन्दा पहिले ८–१० वटा कागतीबाट रस निकाल्नुहोस्। त्यसलाई औंलाको सहयोगले कपालको जरामा लगाउनुहोस्। १५ मिनेटपछि स्याम्पुले कपाल सफा गर्नुहोस्।
2. मसिनो काँइयो:
कपालमा भएका जुम्रा निकाल्न मसिनो दाँत भएको काँइयो प्रयोग गर्नुहोस्। दिनमा दुईपटक कपाल कोर्दा केही दिनमै जुम्रा हट्नेछ।
3. मेथी:
एक गिलास पानीमा एक चम्चा मेथीका दाना रातभर भिजाउनुहोस्। बिहान त्यसलाई पिसेर पेस्ट बनाएर कपालमा लगाउनुहोस्। ३० मिनेटपछि कपाल धुनुहोस्।
4. दही:
चार चम्चा दही स्काल्पमा लगाउनुहोस्। ३० मिनेटपछि स्याम्पुले कपाल सफा गर्नुहोस्। यसो गर्दा केही समयमै जुम्राबाट छुटकारा पाउन सकिन्छ।

