Viber

राति कपाल बाँधेर कि खोलेर सुत्ने ?

झट्ट सुन्दा सामान्य लाग्छ । तर, कपालको सौन्दर्यसँग जोडिएको कुरा हो यो।

spot_img

नेपाल अनलाइन पत्रिका – काठमाडौं। झट्ट सुन्दा सामान्य लाग्छ । तर, कपालको सौन्दर्यसँग जोडिएको कुरा हो यो। राती सुत्दा तपाई कपाल खुला छाड्नुहुन्छ कि बाँध्नुहुन्छ ? दिनभर त हामी कपालको हेरचाह गर्छौं । स्याम्पु गर्छौ । तेल मसाज गर्छौं । धुलो-धूवाँबाट जोगाउन स्कार्फले ढाक्छौ। तर, राती नि ?

रातभर कपाललाई बेवास्ता गर्छौं। जबकी हामीले राती सुत्ने क्रममा पनि यसको ख्याल राख्नुपर्छ। किनभने राती सुत्दा कपालको ख्याल गरिएन भने टुक्रिने वा रुखो हुने समस्या हुन्छ।

सामान्यतया, धेरै जसो महिलाले राती सुत्दा कपाल खुला छाड्ने गर्छन्। राती सुत्ने क्रममा व्यक्तिको सुत्ने पोजिशन सँगै कपालको पोजिशन पनि बेलाबेलामा परिवर्तित हुने गर्छ। परिणामस्वरुप, कपाल लट्टा पर्ने, कपाल झर्ने तथा कपालमा क्षति पुग्ने गर्छ। कपालमा हुने क्षति कम गर्न पनि रातको समयमा कपालको उत्तिकै हेरचाह गर्न जरुरी छ।

कतिपय मानिसहरु रातको समयमा कपाल बाधेर सुत्दा कपाल झर्ने बताउँछन्। जबकी केही व्यक्ति यसको ठीक विपरित सोच्ने गर्छन्। जसले गर्दा मानिसलाई कपाल बाधेर सुत्ने वा छोडेर भन्ने विषयमा समेत दुविधा रहने गर्छ।

कपाल खोलेर सुत्नु ठिक कि बाँधेर ? रातमा कपाल बाधेर सुत्नु फाइदाजनक हुन्छ । किनकी कपाल खोलेर सुत्दा कपाल कमजोर हुने गर्छ। परिणामस्वरुप कपाल झर्ने हुँदा कपाल बाधेर सुत्नु नै बढी फाइदाजनक मानिन्छ । यसले कपाल झर्ने समस्या कम हुने गर्छ। कपाल बाँधेर सुत्दाको फाइदा:

रुखोपना हट्छ: विशेषगरी, राती सुत्दा पप्रयोग गरिने तकियाले कपालको नरमपना तथा प्राकृतिक तेल सोस्ने गर्छ, जसले गर्दा कपाल रुखो हुनुका साथै सुख्खा हुने गर्छ । परिणामस्वरुप, कपाल र्झने हुदाँ कपाल बाधेर सुत्नु नै उचित हुन्छ ।

कपाल सिल्की हुन्छ: कसैलाई सिल्की कपाल चाहिन्छ भने राती सुत्नु भन्दा पहिले कपालमा हेयर मास्क लगाएर सावर क्याप पहिरिनु पर्छ। विहानीपख माइल्ड स्याम्पूले कपाल धुनाले कपाल सिल्की र साइनी बन्छ।

कपाल टुक्रने डर हुँदैन: कपाल बाध्नाले कपालमा लट्टा पर्दैन , जसले गर्दा कपाल टुक्रने डर पनि हुँदैन । यसबाहेक, सुतीको तकियाको खोलको प्रयोग कपाल सुख्खा हुने गर्दछ । यसबाट बच्न तकियाको खोल सिल्कको प्रयोग गर्नु पर्दछ।

कपाल स्वस्थ हुन्छ: स्वस्थ कपाल चाहिन्छ भने भिजेको कपाललाई कहिल्यै पनि बाधेर सुत्नु हुँदैन । बरु कपाललाई ड्रायरले सुकाएर हल्का किसिमले बाध्नु पर्छ । यसले कपाल टुक्रने जोखिम ८० प्रतिशतसम्म कम हुने गर्छ।

कपालमा कर्ल बस्छ: कर्ली हेयरको सौख राख्ने व्यक्तिले कपाल जुरो बनाएर सुत्नु उपर्युक्त हुन्छ। जसले गर्दा विहानसम्ममा कपाली कर्ली भइसक्छ।

कपाल बाध्ने तरीका: सिधा कपाल हुनेले हल्का चुल्ठो बनाउने । यसले विहान सम्म पनि कपालमा लट्टा पर्न दिदैन।लामो कपाल भएमा जुरो बनाउन उचित हुन्छ । तर जुरो बनाउन यो ध्यानमा राख्न जरुरी छ कि कपाल धेरै नतन्कियोस् । घुम्रेको कपाल हुनेले साइड वा पछाडी पट्टी जुरो बनाएर सुत्नु पर्छ । यसले सुत्नमा कुनै समस्या हुँदैन। र, कपालको आकार पनि विहानसम्म सही अवस्थामा रहन्छ।

सम्बन्धित समाचार

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार

प्रहरी रवि लामिछानेको खातामा देखिएको ५० करोड बढी कारोबारको स्रोतको अनुसन्धानमा

काठमाडौँ, १३ मङ्सिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको आदेश

कास्की, मंसिर ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १५ दिन थप हिरासतमा...

काठमाडौं महानगरको १ लाख जरिवानाको पत्र एमालेले अस्वीकार गर्‍यो

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाबाट आएको १ लाख रुपैयाँको जरिवानाको...

चार महिनामा १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन नेपाल भित्रिए

काठमाडौं: नेपालले चालु आर्थिक वर्षको चार महिनामा मात्र १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन आयात गरेको छ।...

अस्ट्रेलियाले पाकिस्तानविरुद्ध टी-२० सिरिजमा विजयी शुरुवात

काठमाडौं, कात्तिक २९ – अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा शानदार जितसँग शुरुआत गरेको छ। बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले...

सिके राउतले सांसद लाभ सापकोटाले पार्टी फुटाएर लोसपामा जान लागेको आरोप लगाए

काठमाडौं, कात्तिक २९ – सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आरोप लगाएको छ कि सांसद लाभ सापकोटाले पार्टी विभाजन...