नेपाल अनलाइन पत्रिका। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न निर्देशन दिएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खाद्य स्वच्छता तथा गुणस्तरको विषय संघीय सरकारसँग सम्बन्धित भएकोले मात्र स्थानीय तहको भरमा नबस्न सम्बद्ध निकायहरूलाई सचेत गराए।
उनले खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिव, लगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता औंल्याए।
मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन मातहतका सबै निकायको ध्यानाकर्षण गराए।
मन्त्री अधिकारीले जनतामा विश्वास जगाउने गरी परिणाममुखी काम गर्न मन्त्रालयका अधिकारीहरूले विशेष पहल गर्नुपर्ने बताए। यो निर्देशनले कृषि उत्पादनमा गुणस्तर र स्वच्छताको सुनिश्चितता गर्दै, जनस्वास्थ्यको रक्षा गर्ने उद्देश्य राखेको छ।

