Viber

मन्त्री यादव: अस्पतालहरुको सुधार गर्नु मेरो मुख्य लक्ष्य हो।

spot_img

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालहरूको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ। उहाँले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालय रातदिन काम गरिरहेको जानकारी दिनुभयो।

मन्त्री यादवले राजनीतिक अस्थिरताका कारण ठूला प्रतिबद्धताहरू जनाउन कठिन भएको उल्लेख गर्दै, अहिले भएका संरचनालाई अझ व्यवस्थित गर्न आफू लागिपरेको बताउनुभयो। अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवको नेतृत्वमा काम भइरहेको पनि उहाँले बताउनुभयो।

उहाँले स्वास्थ्य क्षेत्रमा जनशक्ति कम रहेको समस्या स्वीकार्दै, करारमा कर्मचारी लिएर भए पनि काम गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्रालय मातहतका अस्पतालको सुधारका लागि विभिन्न कार्यक्रमहरू अघि बढिरहेको पनि जानकारी दिनुभयो।

बिमामा धेरै समस्या रहेको बताउँदै, स्वास्थ्य बिमा मन्त्रालयअन्तर्गत नभएको र राज्यले बिमालाई स्वायत्त गरिदिएको जानकारी दिनुभयो। उहाँले बिमा बोर्डका अध्यक्षसँग कुरा गरेर बिमामा भएका बेथितिको सुधार गर्ने बताउनुभयो र सबै नागरिकलाई बिमामा समेट्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

मन्त्री यादवले भने, “अस्पतालहरूको सुधार नै मेरो मुख्य लक्ष्य हो। सुधार कसरी गर्ने त्यसमै म आएदेखि नै लागिपरेको छु। सुधार गर्नको निमित्त अघि बढेका छौँ। राजनीति स्थिर छैन, अस्थिरता छ। जहाँ अस्थिरता हुन्छ, त्यहाँ ठूला ठूला क्रान्तिकारी कुरा गरेर सम्भव पनि हुँदैन। त्यसकारण जुन हाम्रो अवस्था छ, त्यसलाई कसरी सुधार गर्ने, त्यसमा हामीले अघि बढेर काम गरिरहेका छौँ। सबै कुरा बुझेका छैनौँ तर अधिकतम कुरा बुझेर काम गरिरहेका छौँ।”

उहाँले मन्त्रालय स्वास्थ्य क्षेत्रको सुधारका लागि लगातार लागिरहेको बताउनुभयो।

सम्बन्धित समाचार

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार

प्रहरी रवि लामिछानेको खातामा देखिएको ५० करोड बढी कारोबारको स्रोतको अनुसन्धानमा

काठमाडौँ, १३ मङ्सिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको आदेश

कास्की, मंसिर ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १५ दिन थप हिरासतमा...

काठमाडौं महानगरको १ लाख जरिवानाको पत्र एमालेले अस्वीकार गर्‍यो

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाबाट आएको १ लाख रुपैयाँको जरिवानाको...

चार महिनामा १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन नेपाल भित्रिए

काठमाडौं: नेपालले चालु आर्थिक वर्षको चार महिनामा मात्र १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन आयात गरेको छ।...

अस्ट्रेलियाले पाकिस्तानविरुद्ध टी-२० सिरिजमा विजयी शुरुवात

काठमाडौं, कात्तिक २९ – अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा शानदार जितसँग शुरुआत गरेको छ। बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले...

सिके राउतले सांसद लाभ सापकोटाले पार्टी फुटाएर लोसपामा जान लागेको आरोप लगाए

काठमाडौं, कात्तिक २९ – सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आरोप लगाएको छ कि सांसद लाभ सापकोटाले पार्टी विभाजन...