Viber

राष्ट्रिय परीक्षा बोर्ड (NEB) र एसईईका नतिजा सहज रुपमा हेर्न

spot_img

एमएमएस सेवा प्रदायक स्प्याराे एसएमएसले राष्ट्रिय परीक्षा बोर्डको सहकार्यमा यस वर्ष एसईईको नतिजा एसएमएसमार्फत् हेर्न सहज बनाएको छ। यस सहकार्यले २०८०/२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउने कम्पनीको भनाई छ।

विगतका दिनमा ग्राहकहरूले एसएलसीको नतिजा हेर्नका लागि लामो लाइनमा पर्खिरहनुपरेको र पत्रिकाहरूमा घन्टौं खोज्नुपर्ने हुन्थ्यो। नतिजाको दिन तनावपूर्ण हुन्थ्यो र चर्को घाम वा भारी वर्षामा पनि निकै प्रतीक्षा गर्नु पर्ने समस्याको समाधानका लागि, स्प्याराे एसएमएसले नतिजा हेर्न प्रविधि शुरू गरेको थियो। स्प्याराे एसएमएसले एसएमएस आधारित प्रविधि प्रस्तुत गरेकै कारण विद्यार्थीहरूले एक साधारण एसएमएस मार्फत तुरुन्तै नतिजा प्राप्त गर्ने सुविधा पाउन सकिने कम्पनीको भनाइ छ।

एसएमएस आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई सरल बनाएको स्प्याराे एसएमएसले दाबी गरेको छ।

स्प्याराे एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापा भन्छन्, “मोबाइल फोनको व्यापक प्रयोगको फाइदा उठाउँदै यो एसएमएस आधारित नतिजा प्राप्त गर्न प्रविधिले देशका सबै कुनाका विद्यार्थीहरूले उनीहरूको भौगोलिक स्थान वा इन्टरनेट जडानको बाबजुद सजिलैसँग उनीहरूको एसईई नतिजा हेर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्दछ।”

एसईईको नतिजा २०८०/२०८१ एसएमएस मार्फत् कसरी हेर्ने?

1. आफ्नो मोबाइल सन्देश बक्समा जानुहोस्।
2. नयाँ सन्देश लेख्नुहोस्।
3. टाइप गर्नुहोस्: SEE [तपाईंको सिम्बोल नम्बर]
4. 35001 मा एसएमएस पठाउनुहोस्।

सम्बन्धित समाचार

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinepatrika@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार

प्रहरी रवि लामिछानेको खातामा देखिएको ५० करोड बढी कारोबारको स्रोतको अनुसन्धानमा

काठमाडौँ, १३ मङ्सिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण...

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको आदेश

कास्की, मंसिर ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले १५ दिन थप हिरासतमा...

काठमाडौं महानगरको १ लाख जरिवानाको पत्र एमालेले अस्वीकार गर्‍यो

काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाबाट आएको १ लाख रुपैयाँको जरिवानाको...

चार महिनामा १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन नेपाल भित्रिए

काठमाडौं: नेपालले चालु आर्थिक वर्षको चार महिनामा मात्र १३ अर्ब ४० करोड रुपैयाँ बराबरका मोबाइल फोन आयात गरेको छ।...

अस्ट्रेलियाले पाकिस्तानविरुद्ध टी-२० सिरिजमा विजयी शुरुवात

काठमाडौं, कात्तिक २९ – अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा शानदार जितसँग शुरुआत गरेको छ। बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले...

सिके राउतले सांसद लाभ सापकोटाले पार्टी फुटाएर लोसपामा जान लागेको आरोप लगाए

काठमाडौं, कात्तिक २९ – सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आरोप लगाएको छ कि सांसद लाभ सापकोटाले पार्टी विभाजन...