काठमाडौँ- एमाले महाधिवेशनको उद्घाटन सत्र सकिएपछि कार्यक्रममा सहभागी हुन आएकाहरु फर्किने क्रममा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

ट्राफिक अव्यवस्थाका कारण मानिसहरु बाहिर निस्कन नपाउँदा हुलमुलमा केही घाइते भएका छन्।

व्यवस्थित रुपमा सम्पन्न भएको महाधिवेशन उद्घाटन सकिएपछि भने ट्राफिक अव्यवस्था सिर्जना भएको छ।

नारायणी पुलमा बसेर कार्यक्रमको अवलोकन गरिरहेका सर्वसाधारणहरु हिँड्ने क्रममा अव्यवस्था हुँदा कार्यक्रमस्थल अस्तव्यस्त भएको छ।

देशसञ्चारकी बर्षा शाहले खिचेका केही तस्बिरहरु: