नारायणगढ- एमाले महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रतिनिधि र सर्वसाधारण चढेको सवारीसाधन महाधिवेशन स्थलसम्म पुग्न सकेका छैनन्।
यसका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको छ ।

भरतपुर प्रवेश गर्न नसकेपछि केही सवारीसाधन फर्किएका छन् भने केही सहभागी हिँडेरै उद्घाटन स्थलतर्फ आइरहेका छन् ।