१० मंसिर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह सुरु भएको छ । उदघाटन समारोहलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सम्बोधन गरिरहेका छन् । एमालेका अन्य नेताहरु पनि मञ्चमा आसिन छन् ।

महाधिवेशनको उदघाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै ६ नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ । एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन पुगेका छन् ।

बिभिन्न स्थानबाट निकालिएको जुलुस महाधिवेशनस्थल नारायणी नदी किनारमा पुगेर भेला हुने क्रम जारी छ । नारायणी नदी किनारमा उदघाटन समारोह गरेपछि शनिबारदेखि सौराहमा बन्दसत्र सुरु हुने छ । बन्दसत्रले आगामी पाँच वर्षका लागि एमालेको नयाँ नेतृत्व चयन गर्ने छ ।