१० मंसिर, कैलाली । नेपाल कांग्रेस कैलाली–४ को महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बगेको हो ।

पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो । कैलाली–४ बाट सभापतिमा प्रकाशबहादुर बमले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी अहिलेका उपसभापति पनि हुन् ।

विवादका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कैलाली–४ को महाधिवेशन केन्द्रको महाधिवेशनपछि मात्रै हुने जानकारी दिइएको छ । आगामी १६ मंसिरमा प्रदेशको महाधिवेशन हुने भएकाले पनि यो महाधिवेशन स्थगित गरेको जानकारी दिइएको छ ।