चितवन, मंसिर १० ।
नेकपा एमालेको दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाको कमाण्ड सम्हाल्नु भएका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ ।

महाधिवेशनअन्तर्गत १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । ‘ट्राफिक म्यानेजमेन्टदेखि सबै राम्रो व्यवस्था गरेका छौं,’ उहाँले भन्नुभयो, ‘आपटारी, बसपार्क, गैडाकोटलगायत भेगअनुसार १४ वटा ठाउँ तोकिएको छ ।’

छिमेकी जिल्लाबाट पनि जनशक्ति ल्याइएको उहाँले जानकारी दिनुभयो । थापाका अनुसार नवलपरासी, तालिम केन्द्र, बुटवल दंगा लगायत वरपरका छिमेकी जिल्लाबाट झिकाएको छ ।

‘आउने विदेशी तथा स्वदेशी पाहुनाको पनि स्कर्टिङदेखि लिएर आवश्शकताअनुसार प्रटोकोलअनुसार हामी सबै सुरक्षा व्यवस्था गरेका छौं,’ एआईजी थापाले भन्नुभयो, ‘भीडमा पनि ठाउँ ठाउँमा पीकेटिङको व्यवस्था छ ।

दर्शकको व्यवस्था छ । रिजर्व अफ पोइन्ट, कर्डेनहरु राखेका छौं । विमानस्थलमा कर्डन छ । उहाँहरुको स्यवंसेवक छ । विभिन्न कर्डेनहरु परिचालित छ ।’ उहाँकाअनुसार सशस्त्र प्रहरी ६ सय जति परिचालित छ । सशस्त्रका एआईजी पुष्पराम केसीले चितवनबाट कमाण्ड गरिरहेका छन् ।