काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले पदाधिकारीको संख्या बढाएर भए पनि सहमति गर्नुपर्ने बताएका छन्।

एमाले केन्द्रीय सदस्य भट्टराईले सहमतिका लागि पदाधिकारीको संख्या बढाउनुपर्ने बताए। सहमति नभइ निर्वाचन भएको अवस्थामा आफू पार्टी सचिवमा उमेदवारी दर्ता गर्ने बताए।

‘मेरो दाबी सचिवमा छ। यदि सहमति भयो भने त्यो अर्कै कुरा हो,’ उनले भने, ‘सहमतिका लागि आवश्यक परेमा पदाधिकारी बढाउनुपर्छ भनेर हामीले भनेका छौं।

चुनाव भएमा सचिवमा उम्मेद्वारी दिन्छु।’

भट्टराई राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक हुन्। अनेरास्ववियुका पूर्वअध्यक्ष समेत रहेका उनी पार्टीभित्र उपमहासचिव विष्णु पौडेल निकट मानिन्छन्।