फोल्ड गर्न मिल्ने स्मार्टफोन नयाँ प्राविधिक क्रान्ति हो, तर अहिलेसम्म सामसङले मात्र यस दिशामा आफ्नो शक्ति देखाउन सकेको छ। जसरी फोल्डेबल स्मार्टफोनमा मानिसहरुको चासो बढ्दै गएको छ, त्यसले अन्य ब्रान्डहरुलाई पनि फोल्ड गर्न मिल्ने फोन चाँडै लन्च गर्न आतुर बनाएको छ।

यसैबीचमा वनप्लससँग सम्बन्धित पेटेन्ट पत्ता लागेको छ र यो दाबी गरिएको छ कि टेक कम्पनीले फोल्ड गर्न मिल्ने स्मार्टफोनमा दुईवटा हिंजको साथ काम गरिरहेको छ, जसलाई ह्यान्डी स्लाइडरबाट लक गर्न सकिन्छ।

वनप्लसको फोल्डेवल फोन टेक्नोलोजीका हिसाबले सामसङ, ह्वावे र शाओमीका फोल्ड फोनहरूभन्दा अगाडि रहेको विश्वास गरिन्छ, किनभने यो थ्री डिस्प्ले भएको डिभाइस हो, जसलाई ट्राइ-फोल्ड फोल्डेवल स्मार्टफोन पनि भनिन्छ। यद्यपि, अन्य कम्पनीहरूले पनि यस दिशामा काम गरिरहेका छन्।

वनप्लसको पेटेन्ट फोल्ड गर्न मिल्ने फोनसँग सम्बन्धित छ, जसमा तीनवटा डिस्प्ले पार्ट छन्। यसलाई गाओ याङद्वारा आविष्कार गरिएको हो र पेटेन्ट कागजातमा ‘मोबाइल टर्मिनल’ को रूपमा उल्लेख गरिएको छ।

प्याटेन्ट कागजात २०२० मा चीनमा दायर गरिएको र जुलाई २०२१ मा प्रकाशित भएको मानिन्छ। यो अब विश्व बौद्धिक सम्पत्ति कार्यालय (वीपो) को पेटेंट डाटाबेसमा समावेश छ। वीपो कागजातले वनप्लसको यो पेटेन्ट टेक्नोलोजीलाई अनुमोदन गरेको छ।

लेट्सगो डिजिटलले प्याटेन्ट इमेजहरूबाट भेटिएको वनप्लसको ट्राइ-फोल्ड स्मार्टफोनको आश्चर्यजनक रेन्डरहरू पनि जारी गरेको छ। डिभाइसलाई धेरै तरिकामा मोडन सकिन्छ।

स्मार्टफोन जस्तै काम गर्नु बाहेक, यसले ठूलो ट्याब्लेट जस्तै पनि काम गर्न सक्छ। यसको डिजाइन एकदम बहुमुखी छ। वनप्लस ट्राइ-फोल्डेबल स्मार्टफोनले कसरी डेब्यू गर्छ भनेर हेर्न पनि रोचक हुनेछ। यो पनि हेर्न बाँकी छ कि स्मार्टफोन वास्तवमा कस्तो देखिनेछ, किनकि यसको डिजाइन विद्यमान ट्राइ-फोल्डेबल डिजाइनहरूसँग थोरै मिल्दोजुल्दो छ।

यो फोन अर्को वर्ष लन्च हुने अपेक्षा गरिएको छ र यो अन्य फोल्डेबल फोनहरू भन्दा धेरै फरक हुन सक्छ। फोनको डिजाइनमा बजार र जनताको प्रयोगका आधारमा केही चुनौतिहरू पनि देख्न सक्ने विश्वास गरिएको छ, विशेषगरी यसको डिस्प्ले जुन ट्राई फोल्ड गर्न मिल्ने किसिमको छ। एजेन्सीहरु

The post वनप्लसको ट्रिपल फोल्डिङ स्मार्टफोनको प्याटेन्ट सार्वजनिक, कस्तो हुनेछ हेर्नुहोस् appeared first on Technology Khabar.