१० मंसिर, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको हिजो मंसिर ९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।