चितवन – नेकपा एमालेका दशौं राष्ट्रिय महाधिवेसनको उद्घाटन सत्रमा सहभागी हुन देशभरमा एमालेका कार्यकर्ता र सुभेच्छुक चितवन आउने क्रम जारी छ ।

नारायणी नदीको तटमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा सहभागी हुन आईपुगेका नेता–कार्यकर्ताले चितवनको सडक भरिभराउ छ ।

ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ भने सर्वसाधारणले सार्वजनिक सवारी साधन सजिलै चढ्न पाएका छैनन् ।

चितवन आईपुगेका एमाले कार्यकर्ताहरुको केही तस्विर देशसञ्चारकर्मी दशरथ घिमिरेले कैद गरेका छन ।