काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको झन्डा अब बाँदरको हातमा पुग्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन् ।

एमालेको महाधिवेशनमा गैँडाले एमालेको झन्डा उचालेको लोगोको विषयमा टिप्पणी गर्दै नेपालले भने, ‘एमालेको झन्डा अहिले गैँडाले उचालेको छ । केही समयपछि बाँदरको हातमा पुग्छ ।’

नेपालले अहिले कुनै पार्टीसँग एकता नहुने बताए । पार्टी निर्माणको अभियानमा देशभर उत्साहजक उपस्थिति रहेको उनले बताए । साझा पार्टीको एउटा पक्षसँग एकताको कुरा भइरहेको नेपालले बताए ।

अदालतमा रहेको विवादका विषयमा पाँच दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्या सुल्झाउन सुझाब दिएको पनि नेपालले बताए ।