काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनको हुनै लाग्दा नेपाली कांग्रेसका नेता तथा व्यवसायी नारायण भण्डारीलगायत एक सय जना एमाले प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपि शर्मा ओली र उपमहासचिव विष्णु पौडेल भण्डारीलाई पार्टी प्रवेश गराउँदै एमालेमा स्वागत गरेका हुन् ।

चापाकोट बारिकुना १० हाल तिनपा निवासी काग्रेस नेता तथा उधोगपति भण्डारीलगायतका नेता तथा कार्यकर्तालाई खादा र अविर लगाएर पार्टी प्रवेश गराइएको थियो ।

कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका भण्डारीसहितका महानुभावहरु ओली निवास बालकोट पुगेका थिए । अध्यक्ष ओलीले भिन्न विचार र पृष्ठभुमिबाट पार्टीमा प्रवेश गरेका सबैलाई समेटेर हिडने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले उद्योगपति भण्डारीलगायतको पार्टी प्रवेशले एमालेलाई थप उचाइमा लैजाने अपेक्षा गरेका थिए ।

समाजसेवी समेत रहेको भण्डारीले एमाले सकृय रहदै सहयोग गर्न तयार रहेको बताए । उद्योगपति भण्डारी सामाजिक संस्थाहरुमा समेत संलग्न छन ।

उक्त पार्टी प्रवेश कार्यक्रममा युवा नेता ठाकुर गैरेलगायत सहभागी थिए ।