काठमाडौं। औपचारिक रुपमा उद्घाटन हुनुअघि नै नेकपा (एमाले) को महाधिवेशनका लागि बनाइएको स्वागतद्वार भत्किएको छ।

स्रोतका अनुसार सौराहको हातीचोकमा बनाइएको सहायक स्वागतद्वार भत्किएको हो।

एमाले महाधिवेशनका लागि चितवनमा मुख्य र सहायक गरी ४५ गेट बनाइएका छन्। जसमध्ये एक स्वागतद्वार भत्किएको हो।

एमाले महाधिवेशन शुक्रबार औपचारिक रुपमा उद्घाटन हुँदैछ। एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु चितवन पुगिसकेका छन्।