काठमाडौँ – महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुनसरीको हरिनगरा, मोरङको इटहरी र रौतहटको गौरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम भएको छ।

इटहरी नमुना कलेजमा ५० जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख डीएन न्यौपानेले गरेका थिए। कार्यक्रममा बीमासम्बन्धी चेतनामूलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्तराज धमलाले प्रदान गरेका थिए।

सोही दिन हरिनगरा माविमा करिब १५० जना विद्यार्थीको उपस्थितिमा अर्काे कार्यक्रम गरिएको थियो। कार्यक्रममा बीमासम्बन्धी चेतनामूलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्तराज धमलाले प्रदान गरेका थिए। उक्त कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उपक्षेत्रीय प्रमुख हीरा निरौलाले प्रकाश पारेका थिए।

कार्यक्रमका अध्यक्ष तथा प्रधानाध्यापक बलराम मण्डलले समीक्षा मन्तव्य दिएका थिए।

त्यसैगरी रौतहटको गौरस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा स्नातक तहका ५० जना विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रमेश श्रीवास्तवले गरेका थिए।

कम्पनीका प्रशासकीय अधिकृत मोहन यादवले यस्ता कार्यक्रमले जनस्तरमा बीमाबारे बुझ्न र समाजमा रहेका बीमासम्बन्धी अन्योललाई हटाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा बीमाको महत्वबारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेशकुमार शाहले प्रकाश पारेका थिए। कार्यक्रममा बीमासम्बन्धी प्रशिक्षण क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले प्रदान गरेका थिए।