काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले पार्टीको केन्दीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

चितवनमा हुने दशौँ महाधिवेशनमा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने उनले बताइन् ।

पार्टीमा युवाहरूको उपस्थिति बढाउनुपर्ने मनसायका साथ आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

गत असोजमा उनी अनेरास्ववियुको अध्यक्ष बनेकी थिइन् ।