काठमाडौँ – डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसियसन नेपाल (डान) को सभापतिमा कौशलकुमार पौडेल चुनिएका छन्। डानको चौथो साधारणसभाले पौडेलको सभापतित्वमा २५ सदस्यीय केन्द्रीय कार्य समितिे चयन गरेको हो।

जसअनुसार प्रथम उपसभापतिमा यादव पद्धयोती, द्वितीय उपसभापतिमा डा कृष्णप्रसाद तिम्सिना र महासचिवमा मनिता थापा निर्वाचित भएका छन्। त्यस्तै सचिवमा डा चन्द्र ढकाल र रोशन अधिकारी, कोषाध्यक्षमा सोमाकुमारी राना रहेका छन्।

सदस्यहरुमा सुदीपकुमार दाहाल, रामहरि तिमिल्सिना, डा अमित तिमिल्सिना, डा सरोज चौधरी, सन्तोष खनाल र सरोज रेग्मी रहेका छन्।
साधारणसभाबाट प्रदेश संयोजकहरुमा प्रदेश नं १ बाट डा सञ्जयकुमार यादव, प्रदेश नं २ बाट डा शिवनाथ महतो, बाग्मती प्रदेशबाट झलकनाथ कँडेल, गण्डकी प्रदेशबाट कुलप्रसाद तिवारी, लुम्बिनी प्रदेशबाट नवराज भण्डारी, कर्णाली प्रदेशबाट रविन धिताल र सुदूर पश्चिम प्रदेशबाट गोविन्दराज जोशी निर्विरोध निर्वाचित भएको डानका निवर्तमान अध्यक्ष डा सूर्यप्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार साधारणसभा भौतिक रुपमा तथा भर्च्युअल दुवै माध्यममा गरिएको थियो।

डान लोकतन्त्रमा आस्था राख्ने कृषिविज्ञहरुको संगठन रहेको छ। संस्थाले कृषि विज्ञान, पशु विज्ञान, खाद्य प्रविधि र ग्रामीण विकाससँग सम्बन्धित अध्ययन, अनुसन्धान, अभ्यास र अनुभवमा आधारित प्राज्ञिक तथा नीतिगत बहस एवं संवाद गरी सशक्त र विश्वसनीय पोलिसी थिंक ट्यांकको रुपमा कार्य गर्दै आएको जनाइएको छ। डानले कृषि क्षेत्रमा क्रियाशील लोकतान्त्रिक विज्ञहरुलाई गोलबद्ध गरी नेपालको राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताएको छ।