८ मंसिर, नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप नौ हजार संक्रमित भएका छन् ।सरकारी अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ संक्रमित थपिएका हुन ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना संक्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या ५३७ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयको भनाई छ ।

भारतमा कोरोनाका कारण पछिल्लो एक दिनमा ४३७ जनाको मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या चार लाख ६६ हजार ५८४ पुगेको छ । सोही अवधिमा १० हजार ९४९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

दैनिक नयाँ संक्रमितहरुको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कम हुदै गएको हो ।