काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति भवनमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि सिंगापुर, न्युजिल्यान्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

सिंगापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्युजिल्यान्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!