पछिल्लो समयमा काठमाडौंमा महंगा क्लबहरु संचालित छिन् । कोरोना कहरका कारण घरमै खुम्चिएका युवायुवतीहरु पछिल्ला केही समययता क्लबमा रमाउन थालेका छन् । यसैले, क्लब संचालकहरुले पनि ग्राहकलाई आकर्षित गर्न विभिन्न कार्यक्रमकोे आयोजना गरिरहेको छन् । यस्ता क्लबहरु भारत तथा नेपालका चर्चित गायक–गायिकाहरुको कार्यक्रम आयोजना गर्न अगाडि छन् ।

यसैैविच, डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्यापर ‘द राजा कुमारी’को भव्य कन्सर्ट आयोजना हुने भएको छ । राजा कुमारीले अमेरिकामा विज खलिफा जस्ता चर्चित र्यापरसँग स्टेज शेयर गरिसकेकी छिन् । यस्तै, उनी ग्रामी अवार्डमा समेत नोमिनेशनमा परिसकेकी छिन् ।

राजा कुमारीलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने र यहाँको व्यापार व्यवसायलाई समेत फाइदा पुग्ने विश्वास क्लब फरेनहाइटकोे छ । राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउनेछिन् । उनलाई त्रिभुवन विमानस्थलमा समेत भव्य स्वागत गरिने आयोेजकले जनाएको छ ।

यो कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्नेछन् । क्लब फरेनहाइटका संचालक मिलन श्रेष्ठको अनुसार, नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागिएको हो ।

क्लब फरेनहाइटले यसअगाडि पनि भारतका चर्चित कलाकार ल्याएर कन्सर्टको आयोेजना गरिसकेको छ । यसअघि फरेनहाइटमा आदित्य नारायण झा, टोेनी कक्कड जस्ता गायकहरुले प्रस्तुति दिइसकेका छन् ।