८ मंसिर, काठमाडौं । पाँच देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । सिंगापुर, न्युजिल्याण्ड, होली सी, टर्की र रोमानियाका राजदूतले ओहदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।