काठमाडौं । नेकपा (एमाले) ले युवा संगठनअन्तर्गत रहेको ‘साइबर सेना’ को नाम परिवर्तन गरेको छ।

एमाले युवा नेता महेश बस्नेतको प्रस्ताव अनुसार ‘साइबर सेना’ को नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइने भएको छ।

नयाँ नामको घोषणा अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर नयाँ नाम जुराइएको ओलीले बताएका छन्।