काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४४, भक्तपुरमा ११ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३३२ जना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ।

बुधबार २३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ३६९ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ५९० पीसीआर तथा २ हजार ३३० एन्टिजेन परीक्षण भएको छ।