काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै कटाक्ष गरेका छन्।

उनले माओवादीले ‘महान जनयुद्ध’ भनेर युवाहरुलाई ठगेको र आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै उनले कटाक्ष गरे।

उनले प्रचण्डलाई इंगित गर्दै उनका दुवै नातिनीहरुले बेलायतमा शिक्षा पाएकोमा आफूलाई खुशी लागेको बताए।

‘राम्रो कुरा हो, उहाँका दुवै छोरीका छोरीहरु बेलायतमा पढ्छन्। एकदम खुशीको कुरा हो। भरतपुरकी छोरीको पनि पढ्छिन् अर्कीको पनि। नातिनीहरुले राम्रो शिक्षा पाएका छन् खुसी लाग्छ।’