८ मंसिर, काठमाडौं । लाभांश पारित गर्न सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितको ९७ औं बैकठले पाँचौ वार्षिक सभा पुष ३ गते बन्दिपुर माउन्टेन रिर्सोट, बन्दिपुर, तनहुँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट ३१.०५ प्रतिशत बोनस शेयर र १.६३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर) गरी कुल ३२ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभिने वा प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा।नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने सभाको एजेण्डा रहेको छ ।