काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र बलियो भयो भने राष्ट्र पनि बलियो हुने र जनताले पहिचान र अधिकार पनि पाउने बताउनुहुँदै माओवादी केन्द्र कमजोर भए पाएको अधिकार पनि गुम्ने बताएका छन ।

उनले आफू यो कुरा भावनामा आएर बोलेको नभई देखेर र भोगेर भनेको बताए । उनले भने, ‘माओवादी केन्द्रलाई बलियो बनाउने जिम्मा माओवादीको मात्र नभई सम्पूर्ण जनताको हो ।

कैलालीको भजनी नगरपालिका प्रशासकीय भवन बुधवार उद्घाटन गर्दै जनताको कामलाई प्रभावकारी र गुणात्मक बनाउन अध्यक्ष प्रचण्डको आग्रह गरेका छन । उनले भने, ‘कामको प्रभावकारीता र गुणात्मकतामा ध्यान जाओस् ।

जनतामा सेवा प्रवाह गर्ने कुरामा तीब्रता आओस् । जनताले त्यो महसुश गरेपछि मात्रै नवनिर्मित भवनको उद्घाटनको औचित्य सिद्ध हुन सक्दछ ।’ अध्यक्ष प्रचण्डले् आफूलाई शिलान्यास र उद्घाटन दुबैको अवसर आफूलाई प्राप्त भएको बताउदै अब काम राम्रो भयो भने आफ्ना लागि सुन्तुष्टीको विषय हुने बताए।

एकअर्को प्रसंगमा उनले अहिले गठबन्धन सहितको नयाँ सरकार बनेर सरकारको पनि बलियो एकताको आधारमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गरे। उनले भने, ‘यसै क्रममा अहिले पाँच दलीय गठबन्धनको एउटा समन्वय समिति पनि बनेको छ । यसले गठबन्धनलाई अझै बलियो बनाएको छ ।’

अध्यक्ष प्रचण्डले नेपाली जनताको एकता, राष्ट्रको एकता र स्वाधिनता सुदृढ नहुँदासम्म र जनता सम्पूर्ण रुपले शोषण उत्पीडनबाट मुक्त नभएसम्म आफूहरु लडिरहने बताएका छन । उनले अबको लडाई शान्तिपूर्ण प्रतिष्पर्धाकै रुपले संविधान संशोधन र परिमार्जन गर्दै अगाडि बढ्ने बताए । उनले अब कुनै पनि प्रतिक्रियावादी जालझेल र षडयन्त्रलाई सफल हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन ।